Expression
प्रल्याग्निको संघारबाट, म र लेखक
पृष्ठभूमिपुरानाघरे भूटानीहरुकोमाझमा परिचय दिई राख्नु पर्ने नाम होइन। लामो समयसम्म साहित्यसाधनामा लागिपरेका पुरानाघरेको कवितासंग्रह प्रकाशित हुन लागेको छ; यो धेरै राम्रो कुरा हो। साहित्यलाई नजिकबाट चिन्ने र मुल्याङ्कन गर्ने थोरै भूटानीहरुमा पुरानाघरे एक हुन्। नेपाली र अङ्ग्रेजी साहित्यको विद्यार्थी भएका कारण पनि उनको साहित्यसाधनाले राम्रो कसी पाएको हुनसक्छ।विद्यार्थी जीवनदेखि नै साहित्यमा सक्रिय रुपमा लागिपरेका यी साधक पछिल्लो समयमा विविध साहित्यिक अन्तर्क्रिया, गोष्ठिआदि कार्यमा व्यस्त थिए। भूटानी नेपाली साहित्यको इतिहासको अध्ययन गरी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने, विविध साहित्यिक सँस्थामार्फत नयाँ पिँढीका साहित्यसर्जकमाझ साहित्यका विभिन्न विधाको परिचय गराउनेआदि कार्यमा सम्लघ्न पुरानाघरेको भूटानी पत्रकारिता जगतमा पनि ठूलो योगदान छ।भौगोलिक सिमानाहरुले ठुलो भूमिका खेल्न लागेको यतिबेला प्रकाशित हुन लागेको यो संग्रहले भुटानी साहित्यको प्रिष्ठभूमिमा ठूलो भूमिका खल्नेछ भन्ने लागेको छ।आज साहित्यका अनेकन् परिभाषाहरु परिवर्तित हुँदै छन्। साहित्यले नयाँ गतिशीलताको खोजी गर्दैछ। नेपाली साहित्य पनि यिनै दर्शनबाट निर्देशित हुँदैछ र हाम्रो परिवेशको साहित्यले पनि तिनै बाटाहरुको अनुशरण गर्दैछ। हामीले मानेका त्यस्ता धेरै सत्यहरु आज विनिर्मित भएका छन् र नयाँ सत्यको खोजी हुँदैछ। एकातिर भूगोलका कारण अस्तित्वहरुको विभाजन प्रगाढ़ बन्दैछ भने अर्कोतिर विश्वीकारण्का कारण भूगोलको परिभाषा परिवर्तित हुँदैछ। यस्तो समयमा हामी विश्वका विभिन्न ठाउँमा छरिँदैछौं र यस स्थितिले हाम्रो साहित्यमा राम्रै भूकम्प ल्याउँछ। यिनै कुराहरुको खोजी आजको हाम्रो अपरिहर्यता हो; दायित्व पनि हो।अब लेखिने आप्रवासी भूटानी […]
Iran Awakening: Talking about Bhutanese
Background:’Iran Awakening’ is an autobiography penned by a famous Iranian lawyer and Human Rights activist, Shirin Ebadi (The Nobel Peace Price Winner, 2003) and first published in 2006 by Random House, New York, USA. The book containing twelve chapters followed by an epilogue at the last aims at changing the stagnant attitudes of the western readers and commoners about Iran and basically the Islam. It focuses on how the circumstances are hitting the doors of the common people of the present day Iran, how the pains and miseries were intertwined among the ill fate stricken Iranians in the past and how rough is the way ahead for the Islamic Republic to go on with, to some extent. Born on June 21, 1947 in a middle class Islamic family, Shirin Ebadi became a judge at the age of 23. The country had already been plunged into the perils of power sharing with the expulsion of a little-known cleric, Ayatollah Ruhollah Khomeini, to Iraq on the grounds that his fiery sermons utterly attacked the government. Later, on January 16, 1979, the ruling monarch, Shah Mohammad Reza Pahlavi fled Iran carrying with him the two millennia history of shahs’ rule in Persia and […]
Media Coverage
Police: Boise man grabbed, kissed boys in grocery store
Idaho Press-Tribune Staffmailto:Staffnewsroom@idahopress.com Thursday, February 26th, 2009BOISE — A 27-year-old Boise man is in custody after police say he forcibly grabbed and kissed two boys in a grocery store.About 12:30 p.m. Saturday, police arrived at the Winco on Fairview Avenue in Boise. Store security employees were detaining a suspect, later identified as Netra P. Mishra, after a woman reported to them that the man had just held and forcibly kissed and held her 5-year-old son.Officers say store security video footage shows that Mishra had also attacked a 10-year-old boy in much the same way just prior to attacking the 5 year old.“This was a brazen, public attack that is rare, and obviously very, very frightening and confusing for these young boys and their parents,” said Sgt. Kip Higby of the Boise Police Special Victim’s Unit. “What we have to ask now is, has this suspect done this before with other children?”Mishra has been charged with first degree kidnapping and battery with intent to commit a felony. He was booked into the Ada County jail. What happenedAccording to police, Winco’s security footage captured both attacks. During the first, police say Mishra approached the 10 year old and talked to him briefly […]
सानो संसारका कुरा
सन्दर्भ: शरणार्थी सरोकार बसाइसराइका अनेकौँ शृंखला पार गर्दै भूटान पुगेको हाम्रो सानो समाजले संचारसंग नजिक हुने मौका कहिल्यै पाएन। नब्बेको दशकअघिका कुराहरु नाटक जस्तै हुन थालेका छन् आज। सुरुका दिनहरुमा नेपालका शिविरहरुमा शरणार्थीका रुपमा बस्दा पनि हामी संचारसंग त्यति नजिक हुन सकेनौँ। बितेको एक दशकयता भूटानीहरुले आफैँलाई विभिन्न प्रकारले सुसेल्न थालेका छन्। यसै क्रममा जन्मिएको एउटा कार्यक्रम हो- शरणार्थी सरोकार। उपत्यकाबाहिर त्यतिबेला घटना र बिचारलाई बिस्तारै विस्थापित गर्दैथ्यो कान्तिपुर डायरीको तरंगले। शिविरहरुमा सांग्रिला सन्देश, भूटान टाइम्स, सन्देश सप्ताहिक र भूटान जागरण बिस्तारै हुर्कँदै थिए। तर बिडम्बना, यी सबै एउटै कारणले बन्द भए- आर्थिक कठिनाइ। यसै समय सुरु भए हो- द भूटान रिपोर्टर। यो भने अनेकौँ चुनौतिहरु पार गर्दै बामे सरिरहेकै छ। थोरै पढ्ने बानी, कसैले गरेको असल कार्यको थोरै मात्र सही मूल्यांकन गर्ने रुग्ण मानसिकता र शरणर्थीजस्तो विकराल अवास्थाजस्ता प्रतिकूलता झेलिरहेको हाम्रो समाजले यी सबै चुनौतिपूर्ण कार्यहरुको उचित लेखाजोखा गरेको त पाइँदैन तर आज यही विकाशकालीन अवस्थाको संचार नै बिस्तारै सबैको आस्था पनि बन्दैछ। विभिन्न समस्याहरुसंग मुकाबिला गर्दै आवाजहीन शरणार्थीको भावना संप्रेषण गर्ने र उनीहरुका कुरा विभिन्न निकायसम्म पुर्याउने अद्वितीय कार्य गर्दैछ यही संचारले। आज भूटानीहरुकातर्फबाट निकै धेरै कामहरु भएका छन्। तीन वर्षअघि सुरु भएको रेडियो कार्यक्रम शरणार्थी सरोकार यी तीनै वर्ष काठमाडौंस्थित नेपाल एफ्.एम् बाट अनवरत रुपमा प्रस्तुत भइरहेको […]
Literature
FOR YOU
Dearest little girlThe time has gone nowAnd the moment of departure has approachedI am bit scared that the memories remainAnd will pinch me ever. Your jolly faceYour innocent sentimentsYour thoughts; your laughsAnd your cries and tearsWill pat me ever. YouAn ambitious little girlLet it not come to you…….The days eclipsed and the nights frostedThe ways scratched and the moves twistedLet it never come to you………..The adversity never ending and the pains recurringThe uncertainty ever lasting and the misery enduring. Dearest my little girlWith every tidings of new sunWith every seduction of new moonWith every twinkle of new starBe ever enthusiastic and cheerfulBe ever gracious and watchfulI will be secretly smilingFrom farVery far awayWaving my hands for your successFrom glittering but solitary horizons.
समय सन्दर्भ
सपनाहरुमायदाकदामनको सुन्दर काननभरि परेवा उड्थे मसपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएरसोच्ने गर्थेँ-न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए होला !समयको गतिशीलतासंगैन्याउलपीडाहरु बढ्दै गए आजजीवन बँचाईको क्रममाजेलिएर परिबन्दका पासाहरुमायति टाढा एउटा बस्तीमाम माकुराको जालो नियालेर टोहोलाउँछुसुनेकोछु –अगम्य भीरहरुमा सुरक्षितमानबहादुरका जीवाश्महरुतिमीले खोजी खोजी ध्यस्त गर्यौ रेमानस सफा-स्निग्ध बगिरहन्छ होलालामीडांडा जंगलमय भयो होलातथापिखूनका ढिक्काहरुसमयका आवाजहरुपुरिएका छैनन्मेटिएका छैनन् सुनेकोछु –गोमन सर्पका चाल चलिरहेछन्गला दबाउने खेल सिद्धिएका छैनन्परीक्षा !जर्जर अग्निपरीक्षाहरु यथावत नै छन्आजनिरीह नेपाली मान्यता हरेको छजताततै पीडा छन्आस्थाका निर्मम हत्याहरु छन्पलायन अस्तित्वआफैंसंग रोएकोछअहा !तिम्रा पाइला रमेरा विवश निर्णयहरुबीच कस्तो सम्बन्ध होला?
Guff and Gossip
Welcome to my page
You are heartily welcome to a site designed to publish the sentiments of a writer who is resettled to a European country, Norway after living for more than sixteen years in a refugee camp in south-eastern Nepal.It is just a beginning and I would like to feel how expressing ownself would be wonderful and exciting like something….
एउटा पत्र
नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर,लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। समयको अभाव र विविध प्राविधिक समस्याका कारण आफ्ना इच्छाहरु खुम्च्याइ राखेँ। तर आज लेख्नै मन लागेको छ। यसरी एक्कासी कुनै अपरिचित युवकको पत्र पाउँदा हजुरलाई अचम्म लाग्नेछ। व्यस्त हुनुहुन्छ होला; आरामीको कामना गर्दछु। सम्भवतः सधैँकोलागि नेपाल छोड्नुपूर्व काठमाँडूबाट फोन गरेर ‘उत्तरआधुनिक विमर्श’ मगाएको थिएँ। थाहै नपाई आधा वर्ष हुनै लागेछ। सपनामासामेत कहिल्यै नदेखेको सुदुर उत्तरी क्षितिजको आधा रातमा सुर्य देखिने देश नर्वे आउनुपुर्व टेलिफोन सम्पर्क हुँदा नेपाली भाषा र संस्कृतिलाई आफूसँगै लिएर जान्छु भनेको थिएँ; आज आफूसँगै त्यो आयो कि आएन भनी खोज्दैछु। मलाई पूरा थाहा छ कि नेपाली भाषी भूटानीहरुलाई तेश्रो देश पुनर्वास गराउने प्रक्रियासँग हजुर कहिल्यै सहमत हुनुहुन्नथ्यो; संघर्ष गर आफ्नो आधिकारकोलागि भन्दै हुनुहुन्नथ्यो। तर त्यो भएन र धेरै भूटानीहरु विदेशिँदै छन् आज। तिनैमध्येको एक हुँ म। यहाँ आइसकेपछि लामो समयसम्म एक प्रकारको रिक्तताले छोपिरहयो। विली चन्द्रनकोभन्दा ज्यादै फरक जीवन बाँचिरहेका भूटानीहरु अस्तित्वको विभाजनको जटिल परिस्थितिमा छन् यतिबेला। फरक परिवेश र स्थानमा उचित तवरले बाँच्न यहाँकै संस्कारमा रुपान्तरित हुनु पर्ने जटिलताभित्र आफ्नो अस्तित्वको खोजी निकै कठिन भएको छ। बिच्छेदनले निलेको सुदुर अनकन्टार भू-भागबाट मानव संवेदना यान्त्रिक्रित भएको स्थानसम्म आइपुग्दा […]